जबरजस्ती करणी आरोपमा युवक पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ४, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • ४ जेठ, अछाम ।
  • आफन्त पर्ने युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाममा एक युवक पक्राउ परेका छन् ।
  • चौरपाटी गाउँपालिकाका अन्दाजी २२ वर्षीय युवकले अन्दाजी २० वर्षीया विवाहित युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
४ जेठ, अछाम ।
आफन्त पर्ने युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाममा एक युवक पक्राउ परेका छन् । चौरपाटी गाउँपालिकाका अन्दाजी २२ वर्षीय युवकले अन्दाजी २० वर्षीया विवाहित युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
पछिल्लो पटक गएको वैशाख २८ गते बिहान करिब साढे ११ बजेतिर घरमा गई जबरजस्ती करणी गरेको भन्दै युवतीको उजुरीपछि युवक पक्राउ गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।  युवकलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखेर अनुसन्धान भइरहेको भण्डारीको भनाइ छ । युवकले एक वर्षदेखि पटक पटक जबरजस्ती करणी गर्ने गरेको युवतीको आरोप रहेको छ । भारतमा रहेका युवतीका पति घर पुगेपछि घटना बाहिरिएको पनि बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?