झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ २, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २ माघ, काठमाडौँ; झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
  • पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा बुधबार बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस दुर्घटनामा परेको हो।
  •   बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेकाे प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

 

२ माघ, काठमाडौँ; झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धरमपुरमा बुधबार बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस दुर्घटनामा परेको हो।  बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेकाे प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।प्रहरीका अनुसार घाइतेको टाउको, ढाड र हातमा चोट लागेको छ। घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल लगिएको छ।

दुर्घटनामा घाइते हुनेमा विराटनगर महानगरपालिका- ३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला, विराटनगर- ४ का शर्मिला कोइराला, झिलझिलेका टंक सिवाकोटी,  विराटनगरकै आन्सा फ्यादेन, सुमना लिम्बु, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा रहेका छन्।  घाइतेमध्ये केहीलाई बढी चोट लागेको प्रहरीले जनाएको छ। तर, सबै घाइते खतरामुक्त छन्।  दुर्घटनापछि बसका चालक झापाको मेचीनगर नगरपालिका-१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।  घटनास्थल इलाका प्रहरी कार्यालय झिलझिलेबाट करिब २ किलोमिटर पश्चिम पर्छ। तीव्र गतिको कारण बस अनियन्त्रित भएर पल्टिएको अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यराति डडेलधुरामा बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)
नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता
बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ
अमेरिकी डलर घट्दा युरो र अष्ट्रेलियन डलर बढ्यो, अरुको कति ?
अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
रबाडाले आईपीएल बीचमै छाड्नुको कारण ‘रिक्रिएसनल ड्रग्स’ सेवन