सर्लाहीमा एसइइ दिने ११ हजार ३७१ परीक्षार्थी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र ३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •  फागुन ३, सर्लाही।
  • सर्लाहीमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ११ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन्।
  • आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने एसइइमा जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ।

 फागुन ३, सर्लाही।

सर्लाहीमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा ११ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन्।

आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने एसइइमा जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले जनाएको छ। तीमध्ये नियमिततर्फ १० हजार २८५ र ग्रेडवृद्धितर्फ १ हजार ८६ परीक्षार्थी रहेका छन्।
गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थीको संख्या घटेको छ। २०८१ सालमा जिल्लाबाट १२ हजार ३२ जना परीक्षार्थीले एसइइका लागि फारम भरेका थिए। यस वर्ष भने ६६१ जना कम विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन्।

परीक्षार्थी संख्या घटेसँगै परीक्षा केन्द्रको संख्या पनि घटाइएको छ। यस वर्ष जिल्लाभर ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका सूचना अधिकारी तथा शाखा अधिकृत सुनिलकुमार कुशवाहाले जानकारी दिए।

उनका अनुसार विद्यार्थीलाई पायक पर्ने गरी विभिन्न स्थानमा परीक्षा केन्द्र निर्धारण गरिएको छ। प्राविधिकधारतर्फका सबै परीक्षार्थीका लागि भने सदरमुकाम मलङ्गवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ।

जिल्लामा प्राविधिकधारतर्फ नियमिततर्फ ३३१ र ग्रेडवृद्धितर्फ १६ जना परीक्षार्थी एसइइमा सहभागी हुने शाखा अधिकृत कुशवाहाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?