स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र १, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   १ चैत,काठमाडौं ।
  • काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगदसहित २ जना प्रक्राउ परेका छन् ।
  • प्रहरीले शनिबार राति १० लाख ६३ हजार ८४० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो ।

 

१ चैत,काठमाडौं ।

काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगदसहित २ जना प्रक्राउ परेका छन् । प्रहरीले शनिबार राति १० लाख ६३ हजार ८४० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त  दरबारमार्गबाट खटिएको प्रहरीले हिटी पोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२-०५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?