प्रधानमन्त्री प्रचण्डले गरे हेटौंडा सबस्टेसन उद्‌घाटन

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ३२, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ३२ जेठ, हेटौंडा।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्‌घाटन गरेका छन् ।
  • नेपाल विद्युत् प्राधिकरणले आज गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थाना भर्‍याङमा निर्मित सो सबस्टेसनको उद्‌घाटन गरेका हुन् ।

 

३२ जेठ, हेटौंडा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्‌घाटन गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले आज गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थाना भर्‍याङमा निर्मित सो सबस्टेसनको उद्‌घाटन गरेका हुन् । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थाना भर्‍याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएका छन् ।

मुलुकभित्रको पूर्व–पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जीआईएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो ।​ हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्नसक्ने पूर्वाधार संरचना तयार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही  प्रहरीद्धारा झन्डै १५ बिघामा लगाएको अवैध गाजा खेति नष्ट
१० जना सहायक न्यायाधिवक्ता उपन्यायाधिवक्तामा बढुवा सिफारिस (सूची)
प्रेमिकाको मृत्यु पश्चात फरार युवक झुन्डिएको अवस्थामा मृत फेला
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त
नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ
अहिले पनि कम्युनिष्ट एकताको झण्डा बोकिरहेकै छु : प्रचण्ड
बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)