लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित
सारांश
- १ चैत, काठमाडौं ।
- संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ ।
- समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको हो ।
१ चैत, काठमाडौं ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको हो । शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताइएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको बताए ।

उनले भने, ‘नेपाली शान्ति सैनिक रहेको माइस–अल–जबालमा केही विस्फोट भएको हो । त्यहाँ एक घरमा क्षति पुगेको छ । नेपाली शान्ति सैनिकका व्यक्तिगत केही सामानहरुमा क्षति पुगेको छ । तर मानवीय क्षति भएको छैन ।’ लेबनानभर ५०० बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । त्यहाँको खटनपटन दक्षिण लेबनानमा अवस्थित बटालियन हेडक्वाटरले गर्छ । बटालियन हेडक्वाटर इजरायलसँगको सिमाना नजिक छ । त्यहाँको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा छन् । आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित छन् । आक्रमणको समयमा हेडक्वाटरमा कति संख्यामा शान्ति सैनिक थिए भन्ने यकिन भएको छैन ।


प्रतिक्रिया