कर्णालीका १३८ उम्मेदवारमध्ये ४८ जनाको मात्र धरौती फिर्ता

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन २७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २७ फागुन, सुर्खेत ।
  • प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका ४८ जना उम्मेदवारले मात्र धरौटी फिर्ता गर्न सकेका छन् ।
  • कर्णालीका १२ निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १३८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

 

२७ फागुन, सुर्खेत ।

प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका ४८ जना उम्मेदवारले मात्र धरौटी फिर्ता गर्न सकेका छन् । कर्णालीका १२ निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १३८ जना उम्मेदवार चुनावी मैदानमा थिए । ती मध्ये ९० जनाले धरौती फिर्ता गर्न सकेनन् । सबैभन्दा धेरै मतदाता रहेको सुर्खेतको दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार थिए ।

तिस जना उम्मेदवारमध्ये सुर्खेतका २४ जनाको धरौती जफत भएको र ६ जनाले मात्र धरौटी जोगाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमूख लालबहादुर गुरुङले बताए । अर्को दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा २१ जनाको उम्मेदवार थिए । दैलेख क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १० जना र दुईमा दुई स्वतन्त्रसहित ११ जनाले उम्मेदवार रहेकोमा दुवै क्षेत्रमा ४÷४ जना उम्मेदवारे मात्र धरौटी जोगाएका छन् ।

जुम्लामा जिल्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार रहेकोमा यहाँ पनि चार जनाले धरौटी जोगाएका छन् । ११ जना उम्मेदवार रहेको जाजरकोटमा तीन जना, १६ जना उम्मेदवार रहेको सल्यानमा ६ जना, १२ जना उम्मेदवार रहेको रुकुम पश्चिममा तीन जना र आठ जना उम्मेदवार रहेको हुम्लामा चार जनाले मात्र धरौटी जोगाएका छन् । त्यस्तै कालिकोटमा ४ जना, डोल्पामा ३ उम्मेदवारले धरौटी जोगाएको निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीका ३६ उम्मेदवारले १०० मत कटाउन सकेनन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश
देशलाई बन्धक बनाउने कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : लिङदेन
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित
बागमतीमा ३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लामा
नवलपरासी १ को समस्या र संभावना नजिकबाट बुझेको छु : विनोद चौधरी
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
अष्ट्रेलियामा विद्यार्थी भिसामा जान कडाइ, यी हुन् ६ मूख्य परिवर्तन
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
स्ववियु निर्वाचनका लागि नेविसंघले तोक्यो १४ समितिका संयोजक
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो