२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता

nepaltathya_news nepaltathya_news
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २४ फागुन, काठमाडौं ।
  • २८ क्षेत्रको नतिजा आउन बाँकी छ ।
  • जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् ।

 

२४ फागुन, काठमाडौं ।

२८ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्मको नतिजामा रास्वपाले १०६ सिट जितिसकेको छ । यसबाहेक कांग्रेसको १५, एमालेको ७, नेपाली कम्युनिस्ट पार्टीको ६, राप्रपाको १, श्रम संस्कृतिको १ र स्वतन्त्र एक जनाले चुनाव जितेका छन् । गत बिहीबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिक तर्फको मतगणना सुरु भएको छ ।

समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाको आग्रता रहेको छ । विघटित प्रतिनिधिसभामा रास्वपा चौथो दल थियो । यो पटक स्पष्ट एकल बहुमतको रुपमा अगाडि आएको छ । विघटित प्रतिनिधिसभामा पहिलो दोस्रो र तेस्रो दल रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट यसपटक निकै खुम्चिएका छन् । रास्वपा बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर चुनावमा होमिएको थियो । बालेन काठमाडौं महानगरमा निवर्तमान मेयर हुन् । २०७९ सालका स्वतन्त्र उठेर काठमाडौंको मेयरको चुनाव जितेका बालेन यसपटक मेयर पद छाडेर प्रतिनिधिसभाको चुनावमा होमिएका हुन् । उनै बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको रास्वपाले एकल सरकार बनाउने गरी बहुमत पाएको हो । बालेन आफैँ झापा-५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।

उक्त क्षेत्र विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएको क्षेत्र हो । २०४८ सालदेखि झापामा सदाबहार उम्मेदवारको रूपमा रहेका ओलीलाई रोकेर बालेन झापा-५ बाटै निर्वाचित भएका छन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले पूर्वप्रधानमन्त्री ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८ हजार ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९ हजार ६१४ मतको अन्तर रह्यो । रास्वपाकी सचिवालय सोविता गौतमले अब बालेनको नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन् । गौतम आफैँले पनि चितवन–३ बाट चुनाव जितिन् । निर्वाचित भएपछि पत्रकारसँग कुराकानी गर्दै गौतमले चुनावभन्दा अगाडि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने बताएकी हुन् । रास्वपाका पक्षमा नेपाली जनताले गरेको विश्वासलाई नतिजा दिनेगरी काममा रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ । ‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,’ नेतृ गौतमले भनिन्, ‘यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरिसिद्धी प्रहरी प्रभागमा आगजनी
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
अदालतको अवहेलाना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला
मेची भन्सारबाट ५ महिनामा २० अर्बको आयात हुँदा निर्यात पौने १० अर्ब मात्रै
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
जनमतले पाँच केन्द्रीय नेतासहित ९ पार्टी सदस्यलाई सोध्यो स्पष्टीकरण
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध