अदालतको अवहेलाना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर २२, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २२ मंसिर, काठमाडौं ।
  • नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले सफाइ पाएका छन् ।
  • उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा घिमिरेले सोमबार सफाइ पाएका हुन् ।

 

२२ मंसिर, काठमाडौं ।

नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले सफाइ पाएका छन् । उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा घिमिरेले सोमबार सफाइ पाएका हुन् । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले उक्त मुद्दामा घिमिरेलाई सफाइ दिएको हो । इजलासले घिमिरेमाथिको आरोप स्थापित हुन नसक्ने आदेश गरेको हो ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलनाको उजुरी दिएका थिए । बार अध्यक्ष गोपालकृष्ण घिमिरेले गत ११ असोजमा नेपाल बारले न्यायपरिषद् नियमावलीमा संवैधानिक प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको विषयमा टिप्पणी गरेका थिए । घिमिरेको टिप्पणीले अदालतप्रतिको जनादर घटाउने भन्दै मानहानीको निवेदन परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?