लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन १८, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १८ फागुन,काठमाडौं ।
  • इरानसँग युद्धरत इजरायलले लेबनानका दर्जनौं गाउँका बासिन्दालाई आफ्नो घर छोड्न आदेश दिएको छ ।
  • इजरायली सेनाले दक्षिणी लेबनानका ५३ गाउँ र सहरका बासिन्दालाई घर छोड्न आदेश दिएको हो ।

 

१८ फागुन,काठमाडौं ।

इरानसँग युद्धरत इजरायलले लेबनानका दर्जनौं गाउँका बासिन्दालाई आफ्नो घर छोड्न आदेश दिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानका ५३ गाउँ र सहरका बासिन्दालाई घर छोड्न आदेश दिएको हो । जसमा बिन्त जबेल सहर पनि समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । इजरायलको पछिल्लो चेतावनीले गाजामा गरिएको नरसंहारका युद्धका क्रममा जारी गरिएको सामूहिक विस्थापन आदेशको झल्को दिएको समाचारमा उल्लेख छ ।

यसैबीच इजरायलले दक्षिणी लेबनानका तीन सहरहरूमा आक्रमण गरेको छ । अलजजिराका अनुसार हारिस, नबातीह अल–फव्का र मेफडुन सहरमा इजरायलले आक्रमण गरेको हो । उत्तरी इजरायलमा रकेट आक्रमण पछि इजरायली सेनाले हिजबुल्लाहमाथि आक्रमण गरिरहेको बताएपछि यो घटना भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?