कांग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दै, १ लाख सहभागी हुने अपेक्षा

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन ६, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ६ फागुन, काठमाडौं ।
  • नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको छ ।
  • नेपाली कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो ।

 

६ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको छ । नेपाली कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मधेसको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रूपमा कांग्रेसले लिएको छ ।

मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन् । मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।
यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेसको जिल्ला सर्लाही क्षेत्र नं ४बाट उम्मेदवार बनेर मधेसको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबिचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।’

मधेसको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्य योजनासहित कांग्रेस अगाडि बढ्ने यादवको अठोट छ । प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको उनले जानकारी दिए । जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौँमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ । आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमल थापालाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगियो, म्याद थपको तयारी ?
गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
झापा र मोरङमा मानव-हात्ती द्वन्द्वको जोखिम बढ्यो
अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
सर्लाही प्रहरीले २ भारतीय नागरिकलाई गोली हानेर समात्यो
संसद्‍मा रास्वपाले उठायो भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग
सुनको मूल्य तोलामा ४६ सयले घट्यो
बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत