चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ९ जेठ, झापा।
  •   चोरीको आरोपमा दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
  • तामाको तार चोरी गरेको आरोपमा प्रहरीले २७ वर्षीय तापस बर्मण  र २२ वर्षीय अमित सरकारलाई पक्राउ गरेको हो।

 

९ जेठ, झापा। 

चोरीको आरोपमा दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। तामाको तार चोरी गरेको आरोपमा प्रहरीले २७ वर्षीय तापस बर्मण  र २२ वर्षीय अमित सरकारलाई पक्राउ गरेको हो।  मेचीनगर नगरपालिका– ७ र ५ नम्बर पोस्टस्थित चिया बगानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट करिब एक सय केजी बराबरको चार मुठा तामाको तारा बरामद गरिएको प्रहरीले जनाएको छ। तारको बजार मूल्य करिब ८० हजार रुपैयाँ रहेको प्रहरीले बताएको छ । उनीहरूमाथि पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ