हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए

nepaltathya_news nepaltathya_news
|
बिहिबार, माघ २९, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २९ माघ, हेटौँडा ।
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौँडा अस्पतालमा बुधबार साँझ छड्के अनुगमन गरेका छन् ।
  • अस्पतालमा लापरबाही तथा डिउटी समयमा डाक्टर नबस्ने विषयमा लगातार गुनासा आएपछि उनले आकस्मिक अनुगमन गरेका हुन् ।

 

२९ माघ, हेटौँडा ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौँडा अस्पतालमा बुधबार साँझ छड्के अनुगमन गरेका छन् । अस्पतालमा लापरबाही तथा डिउटी समयमा डाक्टर नबस्ने विषयमा लगातार गुनासा आएपछि उनले आकस्मिक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा केही डाक्टर डिउटी समयमा उपस्थित नभेटिएपछि मुख्यमन्त्री बानियाँले अस्पताल व्यवस्थापनप्रति असन्तुष्टि जनाएका थिए ।

उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईंलाई तत्काल अस्पतालमा बोलाएर सेवा प्रवाह प्रभावकारी बनाउन तथा देखिएका समस्या शीघ्र समाधान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री बानियाँले सरकारी अस्पतालमा नागरिकले सहज र गुणस्तरीय सेवा पाउनुपर्ने उल्लेख गर्दै जिम्मेवारीप्रति गम्भीर हुन व्यवस्थापनलाई सचेत गराए । ‘सरकारी अस्पतालमा सेवा लिन आएका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था स्वीकार्य हुँदैन ।’ उनले भने, अनुगमनका क्रममा उपचाररत अधिकांश बिरामीले डाक्टर समयमै नपाइने गुनासो गरेका थिए । एक बिरामीले भने, ‘हेटौँडा अस्पतालमा कहिले सुधार आउने हो थाहा छैन। भवन मात्रै भएर के गर्नु, भित्रको सुविधामा सुधार हुन सकेको छैन ।’ मुख्यमन्त्रीको अनुगमनपछि अस्पताल व्यवस्थापनले सेवा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ । प्रदेश सरकारका तर्फबाट पनि स्वास्थ्य सेवामा देखिएका कमजोरी सुधार गर्न नियमित अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?