प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
शनिबार, पौष १२, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १२ पुस, काठमाडौं ।
  •   सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ ।
  • प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन् ।

 

१२ पुस, काठमाडौं । 

सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीले तीन दलका शीर्ष नेतासँग आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ ।

छलफलमा सञ्चारमन्त्री खरेल पनि सहभागी हुनेछन् । निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग छलफल गरेका थिए । निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रबार देउवा, ओली र दाहालसँग निवासमा पुगेर छलफल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा एक व्यक्तिले आफैंमाथि चलाए गोली
यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर
एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड
तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
त्रिवि शिक्षण अस्पतालमा ५ महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
काठमाडौंको जमलमा तीन वटा सवारी आपसमा ठोक्किए
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड