जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र १८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १८ भदौ, काठमाडौँ ।
  • नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताएका छन् ।
  • प्रज्ञा भवन कमलादीमा बुधबार अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताएका हुन् ।

१८ भदौ, काठमाडौँ ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताएका छन् । प्रज्ञा भवन कमलादीमा बुधबार अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताएका हुन् । ‘महिलाले आधा आकाश होइन ढाकेको होइन, दुई तिहाइ आकाश ढाकेको भन्नुपर्छ । दुई तिहाइ पुरुष विदेश गएका छन् । एक तिहाइ मात्र नेपालमा छन् ।

अब महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्छ, ३३ प्रतिशत अधिकारका लागि होइन’, उनले भने । हिजो जनयुद्धमा ५० प्रतिशत महिला सहभागी नभएको भए सङ्घीय गणतन्त्र नआउने उनले बताए । महिलाहरूको त्याग, तपस्या र योगदानबाट नै यी सबै सम्भव भएको जिकिर गरे । जनयुद्धबाट प्राप्त भएको उपलब्धि समाप्त गर्न फेरि प्रतिगामी षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यस्ता षड्यन्त्रविरुद्ध युद्धकालमा जस्तै महिलाको सहयोग गर्न अपिल गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ