सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
सारांश
- ११ पुुस, काठमाडौं ।
- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको हो ।
११ पुुस, काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको हो । बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छापावाल सुन शुक्रबार तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय रुपैयाँ कायम भएको चाँदी बढेर आज तोलामा ४ हजार ५ सय ६५ रुपैयाँ भएको महासंघले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया