Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बुधबार, २० जेठ २०८३, १७ : ०५ : २७ | Jun 3, 2026

ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष ११, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।
  • ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

 

काठमाडौं ।

आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै उनीहरूको सम्मान, सुरक्षा र सामाजिक सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यस दिवसका अवसरमा सरकारी तथा गैरसरकारी निकायले विविध सचेतनामूलक र सम्मान कार्यक्रम आयोजना गर्दछन् ।

२०५१ साल पुस ११ गते नेपालमा सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ । यसले ज्येष्ठ नागरिकप्रतिको सामूहिक दायित्व, जिम्मेवारी र कर्तव्यबोध गराउँदै उनीहरूले समाज र राष्ट्रका लागि गरेको योगदानलाई पुनः उजागर गर्ने अवसर प्रदान गर्छ । नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा, सम्मानजनक जीवनयापन र आवश्यक सहयोग पाउने अधिकारलाई संविधानले प्रत्याभूत गरेकाले ज्येष्ठ नागरिकको गरिमामय जीवन सुनिश्चित गर्न राज्यको दायित्व स्पष्ट गरेको छ । नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले प्रतिव्यक्ति १०० रुपैयाँ वृद्धभत्ताबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता हाल मासिक ४ हजार रुपैयाँ पु¥याइएको छ । सरकारी तथ्यांकअनुसार करिब १७ लाख ज्येष्ठ नागरिकले हाल वृद्धभत्ता प्राप्त गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
बैंक कर्मचारी कुटिएको घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने
रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ, नेपाल डिपोर्ट गर्ने आशंका
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी
सुनको भाउ नाघ्यो २ लाख ६० हजार, हालसम्मकै उच्च
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...