भयरहित वातावरणमा चुनाव गराउन रास्वपाको माग

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष ७, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न नसके कानूनी प्रावधान गरेर भएपनि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
  • सोमबार बसेको सर्वदलीय बैठकमा उनले विदेशमा भएको नागरिकको भोटिङ्को अधिकारको लागि कानूनी प्रावधान गरेर अगाडि बढ्नको लागि निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

 

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न नसके कानूनी प्रावधान गरेर भएपनि अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । सोमबार बसेको सर्वदलीय बैठकमा उनले विदेशमा भएको नागरिकको भोटिङ्को अधिकारको लागि कानूनी प्रावधान गरेर अगाडि बढ्नको लागि निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘समयले विदेशमा भएका नागरिकलाई भोटिङ्को अधिकार सुनिश्चितता गर्न सक्दैन भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सम्पूर्ण दलहरुलाई कम्तीमा कानूनी प्रावधान गरेर जाऔं भन्न चाहन्छु । जसका कारण चुनावमा स्पष्ट तरिकाले अगाडि बढ्न पाइन्छ । हामीले पटक पटक निर्वाचन आयोग वा सरकारलाई ध्यानाकर्षण पनि गराएका छौ ।’ यस्तै, उनले चुनावमा नेता, पार्टी र उम्मेदवारहरु र मतदाताको सुरक्षाको जिम्मेवारी सरकारको भएको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘अत्यन्त महत्वपूर्ण विषय भनेको चुनावमा शान्ति सुरक्षाको विषय नै हो । चुनावको प्रचारप्रसारको विषय नै हो । त्यसको लागि भयरहित वातावरणमा सहभागिता गराउन सक्नुपर्छ । नेता, पार्टी र उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टी र मतदाताको पनि सुरक्षाको जिम्मेवारी सरकारको हो । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ