हिमपात र चिसो छल्न बेँसीतिर झर्दै भेडीगोठ

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक २३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   बाजुरा ।
  • बाजुराका उच्च हिमाली तथा लेकाली भू–भागमा अत्याधिक चिसो बढ्न थालेपछि यहाँका भेडीगोठ बेँसीतिर (औल) झार्न थालिएको छ ।
  • यहाँका नौं वटै स्थानीय तहका उच्च क्षेत्रमा बसोबास गर्दै आएका भेडीगोठ हिमपात संगै चिसो बढ्न थालेपछि बेँसितिर झार्न थालिएको हो।

 

बाजुरा । बाजुराका उच्च हिमाली तथा लेकाली भू–भागमा अत्याधिक चिसो बढ्न थालेपछि यहाँका भेडीगोठ बेँसीतिर (औल) झार्न थालिएको छ ।

यहाँका नौं वटै स्थानीय तहका उच्च क्षेत्रमा बसोबास गर्दै आएका भेडीगोठ हिमपात संगै चिसो बढ्न थालेपछि बेँसितिर झार्न थालिएको हो। गत जेठमा लेक चढेका भेडीगोठ चिसो बढेपछि धमाधम बेसी झर्न थालेका हुन् ।

लेकबाट बेँसितिर भेडा झर्न थालेपछि विभिन्न ठाउँ भेडाबाख्राका बथानले भरिएका छन् । बाजुरामा कात्तिकको पहिलो सातादेखि अत्याधिक चिसोसंगै उच्च हिमाली क्षेत्रमा हिमपात भएर यहाँका चिसो बढिपछि भेडीगोठलाई कठिनाई भएको हो ।

चिसोका कारण भेडाबाख्राको चरनको लागि कठिनाइ भएकाले बेँसीतिर भेडीगोठ सार्न थालिएको बाजुराको बुढिनन्दा नगरपालिका–९ अगाउपानीका भेडापालक कृषक शिव थापाले बताए । उनका अनुसार हिमालमा हिमपातसंगै चिसो बढेपछि भेडीगोठ धमाधम बेँसीतिर झार्न थालिएको बताएका हुन् ।

चिसोको समयमा भेडीगोठ बेँसीतिर झार्ने र गर्मी महिना सुरुवात भए पश्चात् पुनःभेडीगोठ हिमालतिर सार्ने प्रचलन रहेको थापाले बताए ।

आफूले पनि करिब दुई सय भेडा पालेको बताउँदै उनले अहिले चिसोको समयमा हिमालमा चरन पनि नहुने र अत्याधिक जाडो हुने भएकोले बेँसीतिर झारिएको जानकारी दिए ।

यहाँका भेडी गोठालाहरु हप्तौंको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ । यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । गर्मि महिना सुरु भए पुनः हिमाल तिर चढ्ने गर्छन् ।

बाजुरामा उचित किसिमको वनको व्यवस्थापनका नहुँदा  भेडाबाख्राको चरिचरनमा समस्या हुँदै आएको छ । जसका कारण भेडापालनमा चुनौती थपिदैँ आएको हो। बाजुरामा ६ सय ७३ भेडीगोठमा लगभग ५० हजारको हाराहारीमा भेडाबाख्रा रहेका छन् ।तर बर्षेनी चरिचरन अभावका कारण भेडापालनमा कमी हँुदै आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
प्रधानमन्त्री कार्कीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको श*व ६ दिनपछि फेला
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
ज्वाइन आवर हैण्ड्स संस्थाले मनाए छैठौं वाषिर्कोत्सव