अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर २४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २४ मंसिर, जनकपुर ।
  • अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल बार एशोसिएसनले जनकपुरधाममा भव्य प्रभातफेरी कार्यक्रम गरेको छ ।
  • बुधबार देशभरका हजारौं कानुन व्यवसायीहरुको उपस्थितीमा जनकपुरधामको विभिन्न चोक हुँदै प्रभातफेरी र्याली निकालिएको छ ।

 

२४ मंसिर, जनकपुर ।

अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा नेपाल बार एशोसिएसनले जनकपुरधाममा भव्य प्रभातफेरी कार्यक्रम गरेको छ । बुधबार देशभरका हजारौं कानुन व्यवसायीहरुको उपस्थितीमा जनकपुरधामको विभिन्न चोक हुँदै प्रभातफेरी र्याली निकालिएको छ । एशोसिएसनले आज र भोली दुई दिन जनकपुरधाममा दिवस मनाउन लागेको हो ।

एशोसिएसनले जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक सभा हलमा मानव अधिकारको सन्दर्भमा एक वर्ष भरिका मानव अधिकार सम्बन्धी गतिविधीहरु समेटेर अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल बार एशोसिएसनका महासचिव केदार प्रसाद कोइरालाले जानकारी दिए । उनले सो अवधारणा पत्रमा सहभागीहरुले व्यापक छलफल गर्ने र अन्तिममा नेपाल बार एशोसिएसनले जनकपुरधाम घोषणा पत्र सार्वनिक गरिने बताए । घोषणा पत्रमा नेपालभरिको मानव अधिकारको अवस्था र अबको दिनमा मुलुकले लिनुपर्ने मानव अधिकारका विषयमा नितीहरुलाई समेटिने महासचिव कोइरालाले जानकारी दिए । आज हुने बृहत गोष्ठि कार्यक्रमको उद्घाटन सत्रमा नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक
गृह मन्त्रालयका सहसचिव अख्तियारको फन्दामा
निरन्तर घट्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
संसद्ले सार्वजनिक गर्‍यो प्रतिनिधिसभाको छैटौं अधिवेशनका काम कारबाही
सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ गतेदेखि निष्कासन हुँदै