संसद्ले सार्वजनिक गर्‍यो प्रतिनिधिसभाको छैटौं अधिवेशनका काम कारबाही

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन १२, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • १२ असोज, काठमाडौं ।
  • संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको छैठौं अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ ।
  • हालै सार्वजसनक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन् ।

१२ असोज, काठमाडौं ।

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको छैठौं अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ । हालै सार्वजसनक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन् । प्रतिनिधिसभाको छैटौं अधिवेशन २०८२ साल वैशाख १२ गते शुक्रबार प्रारम्भ भई २०८२ साल भदौ २७ गते शुक्रबारसम्म रह्यो । यस अवधिमा १४१ दिन अधिवेशन चालु रह्यो । जसमध्ये ५९ दिनमा ६१ पटक बैठक बसेका थिए । यही भदौ २३ र २४ गते जेनजीको प्रदर्शन भएको थियो । प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजीनामा दिए । प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने अवस्था बनेन् । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेका छन् ।

यो सन्दर्भमा संसद् सचिवालयले प्रतिनिधिसभाको कामकारबाहीको विवरण सार्वजनिक गरेको हो । वर्षे अधिवेशन समेत लिइने छैटौं अधिवेशनले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्‍यो । बजेट आश्रित विधेयकहरू पनि पारित गर्‍यो । उक्त अधिवेशनमा प्रतिनिधिसभामा १० वटा सरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये ३ वटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भए, २ वटा विधेयक प्रतिनिधिसभाबाट पारित गरी राष्ट्रिय सभामा पठाइएको थियो । ४ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा थिए । नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथिको सैद्धान्तिक छलफल सकिएको थियो । सभाको अघिल्ला अधिवेशनहरु मार्फत् प्राप्त १८ सरकारी र २ गैरसरकारी विधेयक मध्ये ४ वटा विधेयकहरू संघीय संसदबाट पारित भए । संघीय निजामति सेवा विधेयक र जलस्रोत विधेयक सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सभामा टेबुल भएको थियो । विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको थियो । १० वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेका थिए र २ वटा गैरसरकारी विधेयक दर्ता मात्रको स्थितिमा रहेका थिए ।

राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सभामा टेबुल मात्र भएको थियो । राष्ट्रिय सभामा उत्पति भई प्रतिनिधिसभामा प्राप्त पानी जहाज (सञ्चालन तथा व्यवस्थापन विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको थियो । साथै अघिल्ला अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ७ वटा विधेयकहरू मध्ये शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, सभाबाट पारित गरी फिर्ता पठाइएको छ । बाँकी विधेयकहरू सम्बन्धित समितिमा विचाराधीन अवस्थामा थिए भने राष्ट्रिय मर्यादा सम्बन्धी विधेय सभामा प्रस्तुत मात्रको स्थितिमा रहेको थियो । प्रतिनिधिसभाको चालू अधिवेशनमा सदस्यहरूबाट दर्ता भएक विभिन्न मन्त्रालयसँग सम्बन्धित १७७ वटा मौखिक र १० वटा लिखित प्रत्रहरू मध्ये १६४ वटा मौखिक प्रश्रहरू र ९ वटा लिखित प्रत्रको उत्तर प्राप्त भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास
ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत   
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने
दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
संघीय संसद्को चालु अधिवेशन राति १२ बजेबाट अन्त्य हुँदै