व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुनचाँदी व्यवसायीलाई निर्देशन

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर २२, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २२ मंसिर, काठमाडौं ।
  •    व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुन, चाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई आन्तरिक राजस्व विभागले निर्देशन दिएको छ।
  • विभागले जारी गरेको निर्देशनमा सूचक संस्था (सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी) ले आफ्नो कारोबार गर्दा व्यवसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ।

 

२२ मंसिर, काठमाडौं ।  

व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुन, चाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई आन्तरिक राजस्व विभागले निर्देशन दिएको छ। विभागले जारी गरेको निर्देशनमा सूचक संस्था (सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी) ले आफ्नो कारोबार गर्दा व्यवसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ।

‘सूचक संस्थाले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी, परिवारका सदस्य वा अन्य कुनै व्यक्तिको बैंक तथा वित्तीय संस्थामा रहेको खाता प्रयोग गर्न पाइँदैन,’ निर्देशनमा भनिएको छ, ‘सूचक संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु बिक्री गर्दा ग्राहक वा निजको परिवारको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट रकम भुक्तानी लिनुपर्नेछ।’ यदि विद्युतीय माध्यममार्फत हुने भुक्तानीमा कुनै सीमा रहेको भएमा बहुमूल्य धातु वा वस्तुको खरिद–बिक्री गर्ने सूचक संस्थाको सन्दर्भ उल्लेख गरी त्यसमा थप हुने व्यवस्था गर्न विभागले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ। यसरी उल्लिखित निर्देशन पालना नगरेको भेटिएमा कानुनअनुसार कारबाही हुने र एक करोड रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था निर्देशनमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने
उत्तरपुस्तिका हराएका त्रिविका दुई विषयको परीक्षा चैत २१ मा हुने
सौर्य एयर दुर्घटना: मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
आफ्नो प्रस्ताव विपक्षीले नमानेपछि बैठक छोडेर हिँडिन् सामान्य प्रशासन मन्त्री