प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • २९ भदौ, काठमाडौं ।
  •  प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ।
  • शुक्रबार सभामुख देवराज घिमिरेले असोज १४ गते, आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी गराए।

२९ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार सभामुख देवराज घिमिरेले असोज १४ गते, आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी गराए।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। उनले आफ्नो चीन र अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराएका थिए। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्दैछन्। प्रचण्डले अमेरिकाबाटै आफू छिमेकी राष्ट्र चीनको भ्रमणमा जाने बैठकमा जानकारी गराए।

शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तुत गरेका थिए। मन्त्री गुरुङले प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधि सभा बैठकले स्वीकृत गर्‍यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
सातै प्रदेशलाई सवारीसाधन कर बाँडफाँट गर्न आयोगकाे सिफारिस
घरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
सर्लाहीको ईश्वरपुरमा बाल बिवाहा अन्त्यको लागि कलाकार सहितको सडक र्याली
कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना !
जनकपुरधाममा आजदेखि प्रदेश स्तरिए कबड्डी प्रतियोगिता सुरु हुँदै
ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा