कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
सारांश
- ३ मंसिर, काठमाडौं ।
- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- जसका कारण आज देशका अधिकांश भागमा मौसम सफा रहने छ ।
३ मंसिर, काठमाडौं ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज देशका अधिकांश भागमा मौसम सफा रहने छ ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया