फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १४ चैत,  बर्दिया।
  • बर्दिया प्रहरीले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ ।
  • कर्तव्य ज्यान मुद्दाको दोषीदेखि सामान्य लेनदेन मुद्दाका प्रतिवादीहरू बर्दिया प्रहरीले धामधम पक्राउ गर्न थालेको छ ।

 

१४ चैत,  बर्दिया।

बर्दिया प्रहरीले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । कर्तव्य ज्यान मुद्दाको दोषीदेखि सामान्य लेनदेन मुद्दाका प्रतिवादीहरू बर्दिया प्रहरीले धामधम पक्राउ गर्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार चालु आर्थिक वर्षको फागुन एक सय ९३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जब कि अघिल्लो आर्थिक वर्षको अन्त्य सम्ममा एक सय २४ जना मात्र फरार प्रतिवादी मात्र पक्राउ गरिएको थियो । यस वर्ष लामो समयदेखि फरारको सूचिमा रहेका फार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक केदार खनालले बताउनुभयो ।

बर्दिया अदालतबाट फैसला कैद भुक्तान गर्न बाँकी रहेका, जरिवाना तिर्न र पीडित राहत कोषमा रकम बुझाउन बाँकी रहेका फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस आर्थिक वर्षमा पक्राउ परेका फरार प्रतिवादीहरूबाट एक सय १६, वर्ष एक महिना छ दिन कैद भुक्तान गरिएको छ । त्यसैगरी एक करोड ८५ लाख ५४ हजार पाँच सय ५६ रुपियाँ जरिवाना असुल गरिएको छ । भने चार लाख ८६ हजार चार सय नौ रुपियाँ पीडित राहत कोषमा रकम भराइएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा एक सय २६ जना फरार प्रतिवादीबाट ८६ वर्ष ६ महिना ६ दिन कैद भुक्तान गरिएको थियो भने २६ लाख ३९ हजार नौ सय ५० जरिवाना असुल गरिएको थियो ।  लामो समयदेखि फरारको सूचिमा रहेको २० वर्षभन्दा बढि कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरु समेत पक्राउ परेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो । फारार प्रतिवादी पक्राउ गर्ने अभियानले फरार प्रतिवादीको सूचि छोटिदै गएको छ भने भुक्तान गर्नुपर्ने कैदको अवधि कम हुँदै गएको बताउँदै ठुलो रकम जरिवाना स्वरुप असुल हुँदा ठुलो रकम राजस्व उठेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
‘छाब्दीबाराहीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ : मुख्यमन्त्री पाण्डे
पूर्वपत्नीको बलात्कार उजुरीपछि पक्राउ परेका इन्स्पेक्टर गुरुङ कारागार चलान
२४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ
सशस्त्र एआईजी गौतम आजदेखि अवकाशमा जाँदै
दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक
सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतको दिल्लीबाट पक्राउ
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ