सवारी दुर्घटनामा परी झापामा ४ महिनामा १७ जनाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • ३० कात्तिक, झापा ।
  • पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको ।
  • चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

३० कात्तिक, झापा ।

पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् ।

असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुईपाङ्ग्रे सवारीसाधन संलग्न छन् । प्रमुख प्रहरी निरीक्षक राईका अनुसार तीन सय ४५ दुर्घटनामा सवारीसाधनको सङ्ख्या भने चार सय ८८ छन् । तीमध्ये दुईपाङ्ग्रे तीन सय २६, चारपाङ्ग्रे ९३, मझौला ३४, ठूला ३२ र पहिचान हुन नसकेका तीनवटा सवारीसाधन रहेका उनले जानकारी दिए ।

सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार १०५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । कार्यालयले साउनमा दुई हजार ५६४, भदौमा एक हजार ९२७, असोजमा दुई सय ७१ र कात्तिकको हालसम्म एक हजार ३४३ वटा सवारीसाधनलाई कारबाही गरेको हो । सोबापत कार्यालयले रु ५९ लाख ८१ हजार ५३३ राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीको समूह बानेश्वर प्रवेश गर्न खोज्दा तनाव
स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै
स्कुटर दुर्घटनामा परेर एकजनाको मृ*त्यु
धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु
जेन-जी आन्दोलनको विध्वंस : कैलाली अदालतमा २००७ सालदेखिका मिसिल जले
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने मन्त्री पौडेलको तयारी