मोरङमा मिक्सर ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २०, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २० असोज, विराटनगर :कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा  मिक्सचर ट्रकको ठक्करबाट आइतबार दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।
  • दुर्घटनामा परेर मोटरसाइकल चालक  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन्।
  • धनकुटाको साँगरीगढी गाउँपालिका-९ घर भएका उनको विराटमै उपचार भएको छ।

 

२० असोज, विराटनगर :कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा  मिक्सचर ट्रकको ठक्करबाट आइतबार दिउँसो एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा परेर मोटरसाइकल चालक  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत अर्का जवान ३० वर्षीय युशन राई घाइते भएका छन्।

धनकुटाको साँगरीगढी गाउँपालिका-९ घर भएका उनको विराटमै उपचार भएको छ। अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।दुर्घटनालगत्तै प्रहरीले मिक्सर ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिक्सरको तीव्र गति र मोटरसाइकल चालकको कमजोरीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रहरीका अनुसार बूढीगंगा गाउँपालिका-४ गोकुवा चोकमा प्रदेश १-०२-०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १-०२-००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले दिउँसो १:४० बजेतिर ठक्कर दिएको थियो।

पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान अन्दाजी २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको  जानकारी दिए। उनका अनुसार संखुवासभा घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकले दिउँसो २स्४५ बजेतिर मृत घोषित गरेको जानकारी जोशीले दिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
मानव बेचबिखनमा संलग्न दुई जनालाई
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
एमालेको ११ औं महाधिवेशन आज
शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर छ : देउवा
स्वास्थ्यमन्त्री पौडेलको गुनासोः सरकारले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दै
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद