जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • ३० कात्तिक, काठमाडौं ।
  • जेनजी युवाको प्रदर्शनमा सहभागीहरुलाई नियन्त्रणमा लिएर यातना दिएको र दुर्व्यवहार गरेको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी हिरासतको निरीक्षण गर्ने भएको छ ।
  • आयोगले गत विहीबार र शुक्रबार हिरासतहरुको निरीक्षण गरेको हो ।

३० कात्तिक, काठमाडौं ।

जेनजी युवाको प्रदर्शनमा सहभागीहरुलाई नियन्त्रणमा लिएर यातना दिएको र दुर्व्यवहार गरेको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी हिरासतको निरीक्षण गर्ने भएको छ । आयोगले गत विहीबार र शुक्रबार हिरासतहरुको निरीक्षण गरेको हो । निरीक्षणको रिपोर्ट भने सार्वजनिक हुन बाँकी छ ।आयोगका प्रवक्ता टीकाराम पोखरेलले भने, ‘विहीबार र शुक्रबारको निरीक्षणमा के पाइयो भन्ने कुरा मैले बुझ्न पाएको छैन । आज म बुझ्छु ।’

गत भदौ २३ र २४ गते भएको जेनजी युवाको प्रदर्शनको क्रममा हिंसात्मक घटना भएको थियो । आन्दोलमा ७६ जनाको मृत्यु भएको थियो । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, प्रहरी कार्यालयसहितका सरकारी, निजी संरचनामा आगजनी, लुटपाट र तोडफोड भएको थियो । हिंसात्मक घटनामा संलग्नहरुलाई प्रहरीले खोज्ने र पक्राउ गर्ने काम गर्दै आएको छ ।

पक्राउ परेकाहरुलाई हिरासतमा यातना दिइएको उजुरी आयोगमा परेपछि आयोगले त्यसमा चासो राख्दै अनुगमन गरेको हो । आयोगले जेनजी पुस्ताको आन्दोलनको भएका मानवअधिकार उल्लंघनका घटनाको अनुसन्धान पनि गरिरहेको जनाएको छ । आयोगले मानव उल्लंघन घटनाका श्रव्यदृष्य सामग्री (भिडियो), कागजात वा अन्य प्रमाणभए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक
मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर अनियन्त्रित भइ पल्टिँदा ११ जना घाइते
उच्च अंकले घटेको सुनको मूल्य आज फेरि बढ्यो, तोलाको कति पुग्यो?
विश्व कविता दिवसमा कविता प्रतियोगिता
अनुसन्धान प्रहरी अभियोजनकर्ता बिच समन्वय जरुरी छः गृहमन्त्री
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना प्रहरीको हिरासतमा
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक