८४ वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आ*गो

nepaltathya_news nepaltathya_news
|
शनिबार, कार्तिक २९, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • २९ कात्तिक, काठमाडौं ।
  • झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन्।
  •   शनिबार राति करिब ११ स् ३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

२९ कात्तिक, काठमाडौं ।

झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन्।  शनिबार राति करिब ११ स् ३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ। परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन्। उनीहरूका अनुसार उहाँले केही समयदेखि डिप्रेसनको उपचार गराइरहनु भएको थियो। केही महिना अघिमात्र उहाँले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा– ५ मा बालेनले थाले घरदैलो अभियान, बिहानैदेखि मतदाता भेट्दै
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृ*त्यु
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृ*त्यु