मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
सारांश
- ८ मंसिर, काठमाडौं।
- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
- मुख्यमन्त्री कार्कीको झापास्थिति गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको घर अगाडि आज विहान शंकास्पद वस्तु फेला परेको हो ।
८ मंसिर, काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । मुख्यमन्त्री कार्कीको झापास्थिति गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको घर अगाडि आज विहान शंकास्पद वस्तु फेला परेको हो ।

मुख्यमन्त्री कार्कीको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको पाइएको छ । मुख्यमन्त्री कार्की पनि आज विहान घरमा पुगेका थिए । मुख्यमन्त्री कार्कीको घरमा शंकास्पद वस्तु फेलापरेको जानकारी पाएसँगै प्रहरीको टोली पुगिसकेको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया