सर्लाहीमा ट्र्याक्टर र मोटरसाइकल ठो*क्किँदा एकको मृ*त्यु, अर्का एक घाइते

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २१ कात्तिक, सर्लाही ।
  • सर्लाहीको कबिलासी नगरपालिका–६ मदनपुर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।
  • बिहीबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा आलु र प्याज लोड गरिएको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

२१ कात्तिक, सर्लाही ।

सर्लाहीको कबिलासी नगरपालिका–६ मदनपुर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। बिहीबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा आलु र प्याज लोड गरिएको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५ महोनपुर निवासी ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।मोटरसाइकलमा सवार बरहथवा नगरपालिका–७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भने ठक्कर दिने ट्र्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग
रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते
गगन थापाको घर अगाडि ढुंगामुढा
अमेरिकामा २ बालबालिकासहित ४ जना नेपाली मृ*त फेला
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने, यस्तो छ सम्भावित कार्यसूची
१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग