नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २१ कात्तिक, काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।
  • शुक्रबार विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरु आयोग पुगेर सनाखत गरेका हुन् ।

२१ कात्तिक, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरुले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् । शुक्रबार विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरु आयोग पुगेर सनाखत गरेका हुन् । दल दर्ताको निवेदन दिएको नेकपालाई दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनीहरू आज सनाखत गर्न गएका हुन् ।

सनाखतपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महासचिव विप्लवले जनताको सेवा गर्ने पार्टीभन्दा अर्को साधन आफूहरुसँग नभएको भन्दै दल दर्ता गर्नुपर्ने बाध्यता रहेको बताए । नेकपाले अहिलेसम्म देश र जनतालाई क्षति हुने कुनै काम नगरेको र गर्न पनि नदिएको दावी गर्दै उनले निर्वाचन मार्फत सिंगै देशलाई बदल्ने बताए । उनले भने,‘यो जनताको सेवा गर्ने पार्टीभन्दा अर्को साधन हामीसँग छैन। त्यसैले पनि दल दर्ता गर्नैपर्छ । यो नयाँ पार्टी हो त्यसैले जनताको इच्छा अनुसार नै कदम चाल्ने छ । नेकपाले अहिलेसम्म देश र जनतालाई क्षति हुने कुनै काम गरेको छैनर गर्न पनि दिएको छैन,निरन्तर लड्दै आइरहेको छ । जनताको सुझाव अनुसार नै हामी संघर्षरत रहने छौं ।निर्वाचनमा सिंगै देशलाई बदल्ने हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध
काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
बागमतीसहित यी आठ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ: बाढी महाशाखा
गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी
नेपालमा सडकको कुल लम्बाइ ३६ हजार १३२ किलोमिटर
निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाइँदै
हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृ*त फेला