अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

nepaltathya_news nepaltathya_news
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २० कात्तिक, काठमाडौं ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
  • अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ.

२० कात्तिक, काठमाडौं ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पी लिइ खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना मार्फत जानकारी दिएको हो ।

नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओ.टी.पी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ । आवश्यक परेमा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, जिल्ला प्रहरी परिसर, काठमाडौं ९८५१२८३०१२ र बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?