बुद्धको अर्को जहाज पनि हुँदैछ बिदाइ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ ८, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   ८ जेठ, चितवन ।
  • निजी वायुसेवा कम्पनी बुद्ध एयरको अर्को एउटा जहाज पनि बिदाइ हुने भएको छ ।
  • बुद्धले आगामी सेप्टेम्बरमा ४७ सिट क्षमतायुक्त ‘एटीआर४२’ सिरिजको एक थान जहाज सेवाबाट विस्थापन गर्न लागेको हो ।

 

८ जेठ, चितवन ।

निजी वायुसेवा कम्पनी बुद्ध एयरको अर्को एउटा जहाज पनि बिदाइ हुने भएको छ । बुद्धले आगामी सेप्टेम्बरमा ४७ सिट क्षमतायुक्त ‘एटीआर४२’ सिरिजको एक थान जहाज सेवाबाट विस्थापन गर्न लागेको हो । यो जहाजको दर्ता नम्बर ‘९एन–एआईएम’ हो । उडान आयु सकिन लागेका कारण यो जहाज बिदाइपछि बुद्धसँग ४७ सिट क्षमताको एक थानमात्र जहाज बाँकी हुनेछ । त्यसलाई भने फिर्ता गर्ने सोचमा कम्पनी रहेको बुद्ध एयरका भरतपुर स्टेसन इन्चार्ज भक्त बस्नेतले जानकारी दिए । एउटा जहाजको बिदाइ र अर्को फिर्ता भएपछि काठमाडौं–भरतपुर रुटमा ७२ सिट क्षमताका ‘एटीआर७२–५००’ जहाजमात्र चल्नेछन् ।

भरतपुर विमानस्थल धावनमार्ग छोटो (जम्मा १ हजार २ सय मिटर) हुँदा एटीआर७२ जहाज आउन सके पनि धेरै यात्रु उडाउन सक्दैन । त्यसैले बुद्धले भरतपुरमा ४२ सिटे जहाजमात्रै उडाउँदै आएको छ । ‘आगामी सेप्टेम्बरदेखि ४२ सिटे एकमात्र जहाज बाँकी रहन्छ, नयाँ ४२ सिटे जहाज छैन, नयाँ आउने सम्भावना पनि छैन,’ भरतपुर स्टेसन इन्चार्ज बस्नेतले भने, ‘त्यसपछि ७२ सिटेबाहेक अर्को जहाजको विकल्प छैन ।’ एटीआर जहाजको आयु ७० हजार चक्र मान्ने गरिन्छ । जहाज एक पटक उडेर अर्को विमानस्थल अवतरण गर्नेसम्मको अवधिलाई एक चक्र भन्ने गरिन्छ । एक पटक इन्जिन चलेर बन्द हुँदा पनि एक चक्र अवधि पूरा हुन्छ । तीन थान ४२ सिटे जहाज रहेको बुद्धले गत वर्ष एक जहाजको उडान आयु सकिएपछि बिदाइ गरेको थियो । बुद्धको दर्ता नम्बर ‘९एन–एआईएन’ रहेको एटिआर४२ जहाजको उडान चक्र २५ भदौ २०८१ मा पूरा भएपछि बिदाइ गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुवेतको तेल रिफाइनरीमा ड्रोन आक्रमण
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
नेपाल पहिलोपटक महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
हिजोदेखि बेपत्ता बालक पोखरीमा मृ*त फेला
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
विपदमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ