लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक

nepaltathya_news nepaltathya_news
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तेस्रो दिन पनि घटेको छ।
  • सोमबारबाट घट्न थालेको परिसूचक बुधबार पनि घटेको हो।
  • बुधबार परिसूचक २५.

 

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तेस्रो दिन पनि घटेको छ। सोमबारबाट घट्न थालेको परिसूचक बुधबार पनि घटेको हो। बुधबार परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ मा कायम भएको छ। यसअघि मंगलबार परिसूचक ३०.३६ अंकले घटेको थियो। साताको कारोबारको पहिलो दिन आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार र मंगलबार पनि दोहोरो अंकले घटेको थियो।

मंगलबार नेप्से परिसूचक २८४६.३० को विन्दुमा कायम भएको थियो। बुधबार ६२ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यसैगरी १७४ वटा कम्पनीको सेयर मूल्य घटेको छ। आठवटा कम्पनीको सेयरमा भने कुनै घटबढ भएको छैन। कारोबार रकम पनि घटेर १०.९७ अर्ब रुपैयाँमा सीमित भएको छ। सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा भएको छ। यसको कारोबार रकम ९६७.०९ करोड रुपैयाँ पुगेको छ। त्यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड ९०३.१४ करोड र सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड ३०७.९४ करोड रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण
सरकारसँग दुर्गा प्रसाईंको ‘अन्तिम’ वार्ता बिहीबार
नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ : सुदन गुरुङ
सप्तरीमा ट्याक्टर दुर्घटना, चालकको मृ*त्यु
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा प्रदर्शन
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
सुनचाँदी व्यवसायीलाई प्रधानमन्त्रीले भने– मिल्नेसम्मका माग पूरा गर्छु