६ डिआइजीका लागि १७ एसपीको दौडधुप

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक १७, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १७ कात्तिक, काठमाडौं।
  • पाँच एसएसपीलाई डीआईजीमा बढुवा भएपछि अहिले ६ पद रिक्त भएको छ।
  • रिक्त पदका लागि १७ एसपीहरु दौडधुपमा लागेका छन्।

१७ कात्तिक, काठमाडौं।

पाँच एसएसपीलाई डीआईजीमा बढुवा भएपछि अहिले ६ पद रिक्त भएको छ। रिक्त पदका लागि १७ एसपीहरु दौडधुपमा लागेका छन्। यसपटकको एसएसपी बढुवामा अघिल्लो पटक छुटेका केहीसहित इन्स्पेक्टर दर्जाको ११४ टोलीका अधिकृत मुख्य दाबेदार छन्।

पाँच सीटका निम्ति १७ जना दाबेदार छन्। बढुवा हुनुपर्नेमा पहिलो नम्बरमा विमल बस्नेत छन्। उनी गत साउन ५ मा ११ एसएसपी सिफारिस हुँदा छुटेका थिए। अमेरिका घुम्न गएका उनले उतैबाट गृह मन्त्रालयमा उजुरी पनि दिए। तर उनको उजुरीको सुनुवाई भएन। राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ गते भर्ना भएका अधिकृत हुन्। उनका सबैजसो व्याची एआईजी र डीआईजी भइसकेका छन् । सुर्खेत ट्राफिक प्रमुख हुँदा आर्थिक हिनामिनामा परेपछि चार वर्ष बढुवा रोक्कामा परेका कारण उनी यसपटक एसएसपी हुने चरणमा पुगेका छन्। एसएसपी बढुवाका दोस्रो नम्बरका दाबेदार रामप्रकाश शाह हुन्।

उनी पनि अनुसन्धान विभागको अधिकृतमा २०५५ भदौ २२ मा भर्ना भई २०६७ पुस २३ मा डीएसपी हुँदै अगाडि आएका हुन्। बढुवाको तेस्रो नम्बरमा रहेका भुवनेश्वर तिवारी २०५५ कात्तिक १ मा असई भर्ना भएर ११४ टोलीअन्तर्गत २०५८ साउन १८ मा इन्स्पेक्टरको प्रतिस्पर्धामा उत्तीर्ण भएका हुन्। डीएसपी बढुवादेखि नै उनी पछि पर्दै आएका छन्। उनी २०६९ फागुन १३ को बढुवाका डीएसपी हुन्। यो बढुवामा ११४ टोलीका अधिकृतमध्ये ऋषिराम कँडेल बढुवाको चौथो नम्बरमा छन्। त्यसपछि क्रमशः सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी एसएसपीको बढुवा वरीयतामा छन्। अर्का दाबेदार नकुल पोखरेल २०५५ कात्तिक १ का असई हुँदै ११४ टोलीमा भित्रिएका हुन्।

सोही टोलीका पदमबहादुर विष्ट र सुवासचन्द्र बोहोरा पनि एसएपीको दावेदार हुन्। २०५५ कै असई टोलीबाट इन्स्पेक्टरमा नाम निकालेका बासुदेव खतिवडा बढुवा वरीयताको ११ नम्बरमा छन्। प्रजित केसी, राजकुमार सिलवाल, यागेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलीप घिमिरे र वीरेन्द्रबहादुर शाहीसमेत गरेर प्रतिस्पर्धी संख्या १७ पुगेको हो । तर, एसएसपी दर्जामा ६ दरबन्दीमात्रै रिक्त छन्। एसएसपी प्रकाश रानाभाटले राजिनामा दिएपछि एसएसपीको दरवन्दी रिक्त भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
सहकारी ठगीमा रविमाथि नौ घण्टा बयान, इन्कारी बयानले नउम्कने संकेत
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ
खाँदबारीमा ३० वर्षीया युवतीको शव घरनजिकै भेटियो
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा