राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक १७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १७ कात्तिक, काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्दैछ।
  • नवदुर्गा पार्टी प्यालेस सुकेधारामा केहीबेरपछि बैठक सुरु हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

१७ कात्तिक, काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्दैछ। नवदुर्गा पार्टी प्यालेस सुकेधारामा केहीबेरपछि बैठक सुरु हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र भावी कार्यदिशाबारे अध्यक्ष कमल थापाले धारणा राख्नेछन्।

पछिल्लो समय मुकुकमा भइरहेको राजनीतिक ध्रुवीकरणबारे पनि बैठकमा विश्लेषण हुने तथा राष्ट्रवादी, राजावादी, हिन्दुवादी, भ्रष्टाचार तथा संघीयताविरोधी पक्षबीच एकता र मोर्चाबन्दीको सम्बन्धमा आवश्यक छलफल हुने महामन्त्री बर्तौलाले जानकारी दिए।निर्वाचन प्रयोजनका निम्ति निर्वाचन आयोगमा दल दर्ता र निर्वाचन तयारीलगायतका विषयमा पनि छलफल हुने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
साउदी अरबमा बस दु*र्घटना, मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृ*त्यु
मैले सरकारसँग कुरा गरेको छु, अब छिट्टै शिक्षकले आन्दोलन रोक्नुपर्छ : देउवा
सर्लाहीमा ८२ हजारलाई आईपीभी खोप लगाइने
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक
बाक्लो हुस्सु लागेका कारण सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात  
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता