बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • ३० असोज, काठमाडौं।
  • राष्ट्रिय युवा संघ नेपालले काठमाडौंका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरूङविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको छ।
  •  शाह र गुरूङले जेनजी आन्दोलनको दुरूपयोग गरी निजी र सरकारी भवनहरू ध्वस्त बनाउन भूमिका खेलेको भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ चितवनले प्रहरीमा जाहेरी दिएको हो।

३० असोज, काठमाडौं।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरूङविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको छ। शाह र गुरूङले जेनजी आन्दोलनको दुरूपयोग गरी निजी र सरकारी भवनहरू ध्वस्त बनाउन भूमिका खेलेको भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ चितवनले प्रहरीमा जाहेरी दिएको हो।संघका जिल्ला संयोजक मधुपर्क श्रेष्ठले शाह र गुरूङविरूद्ध आपराधिक उपद्रव मुद्दामा जाहेरी दिएको बताए। जाहेरीमा जेनजी आन्दोलनको दुरूपयोग गरेर चितवनमा नेकपा एमालेका २ दर्जन बढी नेताहरूको घरमा तोडफोड र आगजनी गरिएको उल्लेख छ।

जिल्ला, तीन नगर, एक वडा र पार्टी सम्बद्ध अन्य धेरै कार्यालयमा तोडफोड र आगजनी गरिएको जाहेरीमा उल्लेख छ।  ‘शाह, गुरूङ समेतको नेतृत्वमा दर्जनौं मानिसहरूको संलग्नतामा जेनजी आन्दोलन दुरूपयोग गरेर पार्टी र सरकारी भौतिक संरचनाहरू ध्वस्त पारिएको छ,’ जाहेरीमा उल्लेख छ। यसअघि अनेरास्ववियु चितवनले पनि जिल्ला प्रहरीमा शाह र गुरूङविरूद्ध जाहेरी दिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जाहेरी दर्ता गर्ने विषयमा तालुकको निकायसँग समन्वय गरिने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?