देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष ३, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३ पुस, काठमाडौँ ।
  • देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
  • कैलाली, धनगढी उपमहानगरपालिका-४ त्रिभुवन चोकस्थित सडकमा बा.

 

३ पुस, काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । कैलाली, धनगढी उपमहानगरपालिका-४ त्रिभुवन चोकस्थित सडकमा बा.०६-००४ प १६७७ नम्बरको मोटरसाइकल भे.१ ज १३२६ नम्बरको गाडीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक चुरे गाउँपालिका-१ बस्ने ३० वर्षीय बाल कृष्ण कँडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल से.६ प ८७७७ नम्बरको स्कुटरसँग ठोक्किएर रोकी राखेको उक्त गाडीसँग समेत ठक्कर खाई दुर्घटना भएको थियो । गाडी चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-७ हात्तीखौवास्थित सडकमा रा.१ च १३०० नम्बरको भ्यान र रा.७ प ११३५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार लमही नगरपालिका-५ बस्ने ५० वर्षीया लीला भुसालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१३ काली मन्दिरस्थित सडकमा प्रदेश १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्र.१-०२-०४८ प ३४९७  नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ रंगेली नगरपालिका-६ बस्ने ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री
यस्तो छ तपाइको आजको राशिफल
भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप – तस्बिरहरू
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
नेपाली कम्युनिस्ट पार्टी र भीम रावलबीच सहमति पत्रमा हस्ताक्षर
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड