मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन २९, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २९ असोज, जनकपुरधाम ।
  • मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् ।
  • प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

२९ असोज, जनकपुरधाम ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आजै ६ दलको समर्थनमा उनले ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गरेका थिए । आजै जनमतका १३ प्रदेश सांसदसमेतको आफ्नो समर्थन रहेको भन्दै काङ्ग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समेत मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए ।

यद्यपि जनमतले त्यसलाई खण्डन गरेपछि प्रदेश प्रमुख कार्यालयले सोनललाई नै समर्थन दिएको स्रोतले बतायो । मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश प्रदेश प्रमुख कार्यालयमा दुवै पक्ष पुगेपछि तनावसमेत भएको थियो । किताब हेरेर जनमतले सोनललाई समर्थन गरेपछि काङ्ग्रेस र एमालेले जनमत फोडेरै भएपनि आफूहरूको नेतृत्वमा सरकार बनाउने प्रयासमा थियो । फलस्वरूप जनमतबाट आज निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ सह-नेतृत्वको जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन् । निर्वाचन कार्यालयमा सनाखत गर्न निवर्तमान मुख्यमन्त्री सिंह पुगेपछि उनलाई रोक्न जनमतका नेता कार्यकर्ताले प्रयास गरेका थिए । त्यस क्रममा सामान्य झडप समेत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
शान्ति सम्झौताका लागि दबाव दिन अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
लोकसेवाले खुलायो अधिकृत पदमा विज्ञापन
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु
दुई गम्भीर गर्भवतीको शल्यक्रिया पछि डा. यादवले गरे रक्तदान
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
आकाश ताक्दै किसानः महोत्तरीमा हालसम्म ३५ प्रतिशतमात्र रोपाइँ