सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ ९, २०८१
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  •   ९ जेठ, काठमाडौं ।
  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।
  • आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् ।

 

९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।

आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् । स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक भने यो सामूहिक विरोधमा सामेल छैनन् । सिरोहिया पक्राउ पछि मिडिया सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटी र मिडिया अलाइन्सले सामूहिक बिरोध जनाउने निर्णय गरेको थियो । सोही आधारमा आजका मुख्य दैनिक पत्रिकाहरुले कालो पोतेर विरोध जनाएका हुन् ।

दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा कान्तिपुरले निरन्तर समाचार प्रकाशन गरेपछि त्यसकै प्रतिशोधमा सरकारले कान्तिपुरमाथि आक्रमण गरेको मिडिया सञ्चालकहरुको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १५ रुपैयाँले बढ्यो
सहकारी संस्थालाई राष्ट्र बैंकको नयाँ मापदण्ड, के छन् प्रावधान ?
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
विद्युत् प्राधिकरण कठिन परिस्थितिमा छ : हितेन्द्रदेव शाक्य
सरकारका जनविरोधी गतिविधिले प्रतिक्रियावादी शक्ति उत्साहित भए : प्रचण्ड
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
आज विवाह पञ्चमी, राम र सीताको विवाह महोत्सव मनाइँदै