वीरगञ्जमा हैजा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली खटाइयो

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र ८, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   जनकपुर — पर्साको वीरगञ्जमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि मधेश प्रदेश सरकार सक्रिय बनेको छ।
  • प्रदेश सरकारले स्वास्थ्य टोली खटाएर प्रभावित क्षेत्रमा उपचार र नियन्त्रण कार्यलाई तीव्रता दिएको छ।
  • भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेकाले उहाँको निर्देशनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा.

 

जनकपुर — पर्साको वीरगञ्जमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि मधेश प्रदेश सरकार सक्रिय बनेको छ। प्रदेश सरकारले स्वास्थ्य टोली खटाएर प्रभावित क्षेत्रमा उपचार र नियन्त्रण कार्यलाई तीव्रता दिएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेकाले उहाँको निर्देशनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगञ्ज पठाइएको छ।

यसअघि मलेसिया भ्रमणमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहसँगको समन्वयमा प्रदेश सरकारले संक्रमण नियन्त्रणका लागि हरसम्भव उपाय अवलम्बन गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएका छन्। उनले मन्त्रालय तदारुकताका साथ काम गरिरहेको र खटाइएको टोलीको प्रतिवेदनपछि थप कदम चालिने बताए।

वीरगञ्जमा गत शुक्रबार तीन जनामा हैजाको संक्रमण पुष्टि भएपछि स्थानीय स्तरमा सतर्कता बढाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज जेठ ३ गते बुधबार, यस्तो छ आजको राशिफल।
सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
माओवादी नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै
रातो मसी छ्याप्ने गतिविधि लोकतन्त्रको उपहास हो : महेश बस्नेत
राष्ट्रिय सभाबाट दुई विधेयक पारित
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित