पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २६ असोज, काठमाडौं ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन् ।
  • नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए ।

२६ असोज, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए । मुलुकलाई ट्रयाकभन्दा बाहिर जान दिनुहुँदैन, जसरी भए पनि ट्रयाकमा ल्याउनुपर्छ,’मन्त्री खरेलले भने, ‘पत्रकारहरुलाई चौथो अंग भनिन्छ, तर व्यवहारमा त्यो सम्मान छैन ।

कहिलेकाहीँ राज्यबाट हेपिएको जस्तो महसुस हुने अवस्था आएको छ ।’ उनले पत्रकारहरुको सामाजिक सुरक्षाको विषयमा सरकार गम्भीर भएको उल्लेख गरे । ‘औपचारिक सञ्चार माध्यमहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने विषयमा छलफल भइरहेको छ,’उनले भने, ‘मेरो कार्यकाल पाँच महिनाको मात्र छ, तर यही अवधिमा मैले महसुस गरेको छु—सञ्चार क्षेत्रलाई कोषमा ल्याउन आवश्यक छ ।’ मन्त्री खरेलले औपचारिक क्षेत्रका सञ्चार माध्यमहरु सामाजिक सुरक्षा कोषमा जानैपर्छ भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताए । साथै उनले सूचना विभाग,  प्रेस काउन्सिल लगायतको अनुगमन गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद सिंहको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा
चार वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन
पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
बालाजुको बाइसधारामा मेलाको रौनक (तस्बिरहरू)