अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष १५, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   १५ पुस, काठमाडौं ।
  • अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ ।
  • उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो ।

 

१५ पुस, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् ।

१ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए । मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए । उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए । उनी अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहेका राष्ट्रपति थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?