विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २१ असोज, काठमाडौं ।
  • विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.
  • १ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।

२१ असोज, काठमाडौं ।

विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार यस्तो देखिएको हो । सन् २०२७ का लागि भने यस्तो प्रक्षेपण ४.७ प्रतिशत रहने अनुमान गरिएको छ ।

यो वर्षको लागि विश्व बैंकले गरेको प्रक्षेपण यसअअघि गरिएको भन्दा ०.८ प्रतिशत विन्दुले कम हो । यसअघि विश्व बैंकले सन् २०२६ मा नेपालको वृद्धि २.९ प्रतिशत रहने उल्लेख गरेको थियो ।  परिमार्जित आर्थिक वृद्धिदर दक्षिण एशियाली मुलुककै सबैभन्दा कम हो ।  यो वर्ष भारतमा ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत श्रील्रकाको ३.५ प्रतिशत तथा माल्दिभ्सको ३.९ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?