सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन २०, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • २० असोज, सिरहा।
  • सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् ।
  • सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए ।

२० असोज, सिरहा।

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । त्यहीबेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए ।

वडाध्यक्ष यादवका अलावा तोडफोड र लुटपाटमा संलग्न स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी परेको थियो । जाहेरी परेसँगै वडाध्यक्ष यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अन्यको खोजी कार्य जारी रहेको एसपी शर्माले बताए । १३ जनाविरुद्ध जाहेरी परे पनि अनुसन्धानबाट थप संलग्न व्यक्तिहरू पाइए उनीहरु माथि समेत कारबाही प्रक्रिया अघि बढाइने एसपी शर्माले बताए । अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको थियो ।

स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घर तोडफोड र लुटपाट भएको थियो । पीडितका अनुसार राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह, नितेश सिंह लगयत २०/२५ जनाको समूहले घर तोडफोड तथा लुटपाट गरेका थिए । मिर्चैया र सशस्त्र प्रहरीको थप टोली आएपछि उनीहरू भागेका थिए । असोज १ गतेको विश्वकर्मा पूजामा अरङ बजारमा आर्केस्ट्रा स्थलमा दलित समुदायसँग प्रभाससहितले विवाद गरेका थिए । त्यस घटना विरुद्ध दलित समुदायले प्रहरीमा उजुरी दिएपछि उनीहरुले घर तोडफोड गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
आगो लगाएर श्रीमतीको हत्या आरोपमा युवक पक्राउ
प्रहरी निरीक्षक यादव ‘पुलिस अफ द मन्थ’ घोषित
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
विद्युत् चुहावट आधा घट्दा वर्षको थप १२ अर्ब आम्दानी
जनकपुरधाम–अयोध्या रेल्वे चाँडै सञ्चालन हुनेछ : मन्त्री दाहाल
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
भ्रामक सूचना दिनेलाई साइबर कानुन अनुसार कारवाही हुन्छ : परीक्षा बोर्ड
धनुषामा एक महिलाको विभत्स हत्या