जनकपुरधाम-२० मा दुई समुदायबीच झडप, कर्फ्यू आदेश जारी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन १७, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १७ असोज, जनकपुरधाम।
  • धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेको छ ।
  • दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो ।

१७ असोजजनकपुरधाम

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेको छ । दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा अर्का समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ ।

आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए । त्यस क्रममा प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन् ।

अवस्था बिग्रेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । साँझ६:३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी गरिएको छ। गत भदौ दोस्रो साता मात्रै गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो ।

एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवादपछि दुवै समुदायको झन्डा हटाइएको थियो । भदौ १६ गते मात्र सर्वपक्षीय बैठक बसेर विभिन्न निर्णयसँग‌ै सद्भाव कायम गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको दुई लाख भन्दा बढि रुपैयाँसहित भारतीय पक्राउ
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
पाकिस्तानमा अज्ञात समूहद्वारा मजदुरहरूमाथि गोली प्रहार, २० जनाको मृत्यु
सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
चितवनमा रास्वपाकाे हामी आयौं परिर्वतन उद्घोष सभा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत