Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बुधबार, २० जेठ २०८३, २० : ५० : ४५ | Jun 3, 2026

राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष १४, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले पुस १४ गते रु.
  • २५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले पुस १४ गते रु.२५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । मौद्रिक व्यवस्थापनका लागि उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल पुस १४ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।

निष्कासन हुने ऋणपत्रको अवधि एक वर्षको रहनेछ भने ब्याजदर बोलकबोलबाट नै निर्धारण हुनेछ। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ । न्यूनतम रु. ५ करोड र अधिकतम रु. ५ करोडको गुणकमा बोल गर्न सकिनेछ । राष्ट्र बैंकले बोल स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफैंमा सुरक्षित राखेको जनाएको छ । स्वीकृत बोल रकम पुस १५ गते काउन्टरपार्टीको खाताबाट कट्टा गरी सोही दिन ऋणपत्र निष्कासन गरिनेछ ।
उक्त ऋणपत्र खुला बजार कारोबारमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...