रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक ७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ७ कात्तिक, दाङ ।
  • रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप आज बिहान दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ ।
  • लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

७ कात्तिक, दाङ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप आज बिहान दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ ।

लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा आज बिहान ६ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार गाडी चालक लुङ्ग्री गाउँपालिका १ छिउधर निवासी ३५ वर्षीय कुलबहादुर विष्ट घाइते छन् । उनको दायाँ हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा
एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
कृषकलाई चैते धानको बीउ अनुदानमा
प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ
सुनचाँदीको मुल्यमा दिन दिनै नयाँ रेकर्ड, आज कतिमा भइरहेछ कारोबार ?
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
सुदूरपश्चिममा २२४ मध्ये १४८ जनाले मतदान गरे