राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन १५, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १५ असोज, काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महान चाड बडादसैँ (विजया दशमी) को नवौँ दिन बुधबार नवकन्याहरूको पूजा गरेका छन्।
  • राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरुको पूजा गरेका हुन्।

१५ असोज, काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महान चाड बडादसैँ (विजया दशमी) को नवौँ दिन बुधबार नवकन्याहरूको पूजा गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरुको पूजा गरेका हुन्। राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए।

राष्ट्रपतिको सचिवालयका अनुसार बालमन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गरेका हुन्। दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ। दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको मर्मअनुसार कानून निर्माण हुनुपर्छः मन्त्री खड्का
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
जनताको अधिकार खोस्न खोजे महँगो पर्नेछ : प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
आज कुन सागसब्जी र फलफूलको मूल्य कति ?
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
काठमाडौंमा विशेष सुरक्षा प्रबन्ध, ड्रोनबाट निगरानी